जिम्मेवारी छाडेर अहेब लापत्ता, बर्खास्त गर्ने तयारी
काठमाडौं । रामेछापको मन्थली नगरपालिका अन्तर्गत वडा नं. ७ भटौली स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब तीन महिनादेखि सम्पर्कबिहीन भएकी छिन् ।
अहेब सुमित्रा श्रेष्ठ गत असार ८ गतेदेखि कार्यलयमा अनुपस्थित भएकी हुन् । नब्बे दिनभन्दा बढी अनुपस्थित भएपछि नगरपालिकाले गत भदौ १३ स्पष्टिकरण माग गर्दै पत्र काटेको थियो । तर, आजको मितिसम्म पनि कुनै जवाफ नआएको भन्दै बागमती प्रदेश स्थानीय सेवा ऐन २०७९ को दफा ११८ को (ग) बमोजिम नगरपालिकाले बर्खास्त गर्ने तयारी गरेको हो ।
अनुपस्थित हुनुपर्ने कारण भएमा सफाई पेश गर्नका लागि ७ दिनको समय दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया