अवकाशप्राप्त सह–सेनानी हराए, खोजिदिन परिवारको अनुनय
काठमाडौं । ओखलढुङ्गा स्थायी ठेगनाभई हाल नागार्जुन नगरपालिका वडा नं. २ राईचोक बस्ने पूर्व सह-सेनानी ईशवचन्द्र कटुवाल बेपत्ता भएका छन् ।
भदौ २८ गते बिहान घरबाट मर्निङवाक निस्किएका कटुवाल अझै फेला नपरेको भन्दै खोजी गरिदिन परिवारले आग्रह गरेको हो ।
भूपू सैनिक एकता संघ नेपालका आजिवन सदस्य समेत रहेका कटुवाल नियमित वाकिङमा जाने स्थानहरू लगायत नागार्जुन नगरपालिका एरिया, बल्खु, चोभार, हात्तिवन, विष्णुमति करिडोर इलाकामा संघका उद्धार टोलीले खोजी गरिसकेको छ ।
संघले सूचना जारी गर्दै उनी प्रति संवेदनशील भई खोजी गरिदिनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत साथीभाइ र आफन्तलाई अनुरोध गरेको छ ।
उनीबारे केही जानकारी पाएमा ९८४१७४१६१२/९८४१६०९७६२ मोबाईल नम्बरमा सम्पर्क गर्न पनि अपिल गरेको छ ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया