पदक आश गरिएको पब्जीमा सेमिफाइनलबाटै बाहिरियो नेपाल
काठमाडौं । १९औँ एसियन खेलकुद अन्तर्गत पदकको आश गरिको इ स्पोर्ट्सको एलिटको रुपमा रहेको पब्जी मोबाइलमा पनि नेपालले हार ब्यहोरेको छ । पब्जी मोबाइलमा नेपाली टोली सेमिफाइनलबाट बाहिरिएको हो ।
शनिबार बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनल चरणको समूह ‘ए’ मा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पछि पर्दै नेपाल तेस्रो स्थानमा रहेको हो । समूह ‘ए’को चार टोलीमा जापान अन्तिम स्थानमा रह्यो ।
नेपालले ५४ मिनेट ३३ दशमलव ३४६ सेकेन्डको समय निकाल्यो । नेपाल भन्दा अघि रहेको ताइपेले ५२ मिनेट १९ दशमलव ३९३ सेकेन्ड र शीर्ष स्थानको कोरियाले ५० मिनेट ३७ दशमलव १५१ सेकेन्डको समय निकाल्यो भने चौथों स्थानमा रहेको जापानले ५४ मिनेट ४२ दशमलव ५३१ सेकेन्डको समय निकालेको थियो ।
नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया