स्कुलको होस्टेलमा मृत भेटिए ८ वर्षीय बालक, तोडफोडमा उत्रिए आफन्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर बजारमा रहेको उषा बालबाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कक्षा २ मा अध्ययनरत उनी शुक्रबार साँझ होस्टेलको खाटमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। ८ बर्षीय सलाम पुलामी मगर दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–१ का हुन् ।
घटना शंकास्पद भएको भन्दै आफन्तहरुले विद्यालय र होस्टेल तोडफोड गरेका छन् । कक्षा कोठा र होस्टेलमा रहेका सामानहरु बाहिर ल्याएर जलाइदिएका छन् ।
घटनास्थलमा प्रहरी तैनाथ गरिएको छ । स्थिती नियन्त्रणमा ल्याउनका लागि प्रहरीले ७ राउन्ड अश्रु ग्याँस समेत प्रहार गरेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया