दशैंका मुखमा ग्यासको मुल्य २१५ रुपैयाँ बढ्यो
काठमाडौं । दशैंको मुखमा नेपाल आयल निगमले इन्धनमा उच्च मूल्य बृद्धि गरेको छ । मूल्यबृद्धिले जनता आक्रान्त भएका बेला खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । यससँगै ग्यासको मूल्य २११० रुपैयाँ प्रतिसिलिण्डर पुगेको छ ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबारदेखि लागू हुने गरी यस्तो निर्णय गरेको हो । त्यस्तै, पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र हवाइ इन्धनमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । स्वचालित मूल्यबृद्धि भने पनि यसरी चाडपर्वको मुखमा भएको मूल्यबृद्धिप्रति सर्वसाधरणले आक्रोश व्यक्त गरेका छन् ।

ताजा अपडेट
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी


प्रतिक्रिया