एमालेको कोशी अधिवेशन : उपाध्यक्ष सर्वसम्मत, बाँकीमा चुनाव हुँदै
काठमाडौं । नेकपा एमालेको कोशी प्रदेश उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत हुने भएका छन् । उपाध्यक्षमा चेम्जोङको मात्र एकल उम्मेदवारी परेपछि उनी सर्वसम्मत हुन लागेका हुन् ।
एमाले राजनीतिमा सक्रिय चेम्जोङ यसअघि पनि प्रदेश उपाध्यक्ष थिए ।
अन्य पदमा भने प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाको आमनेसामने भएका छन् ।
सचिवमा शैलेस लामा र राजकुमार भण्डारीबीच प्रतिस्पर्धा हुँदैछ । लामा प्रदेश कमिटीका निवर्तमान उपसचिव हुन् भने भण्डारी पाँचथर जिल्लाका पूर्वअध्यक्ष ।
त्यसैगरी, दुई उपसचिव पदमा भविश्वर गुरुङ, देवान राई, जलवर्षा राजवंशी र खेम नेपालीले उम्मेदवारी दर्ता गराएका छन् ।
२१५ सदस्यीय प्रदेश कमिटीमा १५ सदस्य सर्वसम्मत भएका छन् । बाँकीका लागि भने मतदान हुनेछ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया