लगातार घट्यो सुनको मूल्य, आज कति ?

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर एक लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ४ सय रुपैयाँ कायम भएको छ। आइतबार एक लाख ७ हजार ५ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
आज नेपाली बजारमा चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १३ सय ४० रुपैयाँ कायम भएको छ । आइतबार १३ सय ६० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया