नाइटक्लबमा आगलागी, १३ जनाको मृत्यु
मेड्रिड । दक्षिणपूर्वी स्पेनको मर्सिया सहरमा आइतबार एक नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु हुनुका साथै थुप्रै घाइते भएको अधिकारीहरूले बताएका छन् ।
स्थानीय समयअनुसार बिहान करिब ६ बजेतिर लोकप्रिय टिएटर नाइटक्लबमा आगलागी सुरु भएको र यो चाँडै फैलिएको स्पेनको सरकारी समाचार समिति ईएफईले जनाएको छ । आगलागीको कारण तत्काल थाहा हुन सकेको छैन ।
मर्सियाको अग्नि सर्भिसले साझा गरेको भिडियोमा अग्निशमनकर्ताहरूले नाइटक्लबभित्र लागेको आगोलाई निभाउने प्रयास गरिरहेको देखाइएको छ ।
प्रहरी र आपत्कालीन सेवाहरूले सम्भावित क्षतिबाट जोगाउन क्लबको भित्री भाग सुरक्षित गर्ने प्रयास गरिरहेका थिए । साथै उनीहरूले आगलागीमा परी निधन भएका शवहरू पत्ता लगाउन र पहिचान गर्ने प्रयास गरिरहेका थिए ।
अधिकारीहरूले मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।
नाइटक्लबमा भएको उक्त दुर्घटनापछि सिटी काउन्सिलले तीन दिनको शोकको घोषणा गर्दै मर्सिया क्षेत्रका सरकारी भवनहरूमा तीन दिनसम्म आधा झन्डा झुकाउने घोषणा गरेको छ ।
ताजा अपडेट
-
२०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने
-
ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’
-
जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन
-
कर्णाली करिडोरको यातायात ‘सिण्डिकेट’ तोड्न माग
-
नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम
प्रतिक्रिया