गौशालामा डायग्नोस्टिक सेन्टर सञ्चालकमाथि चक्कु प्रहार, घटनास्थलमा भेटियो पेस्तोल
काठमाडौं । काठमाडौंको गौशालामा डायग्नोस्टिक सेन्टर सञ्चालकमाथि चक्कु प्रहार भएको छ ।
गौशालाको पिके डायग्नोस्टिक सेन्टरका सञ्चालक सञ्चालक साजन हुसेनका भाइ साविरलाई अपरिचित व्यक्तिले चक्कु प्रहार गरेर भागेका हुन् । चक्कु प्रहारको जानकारी पश्चात प्रहरी त्यहाँ पुगेको थियो ।
घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल बरामद भएको जनाएको छ । प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको नेपालवाचलाई जानकारी दिए ।
डिएसपी थेबेले उनको खोजी भइरहेको जनाए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । चक्कु प्रहारबाट घाईते भएका हुसेनको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया