भारतविरुद्ध नेपालका लागि तेस्रो सफलता, सन्दीपले लिए विकेट
काठमाडौं । चीनमा जारी १९औँ एसियाड अन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा मंगलबार भारतसँग टस हारेर नेपाल फिल्डिङमा उत्रिएको छ ।
झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा अहिले भइरहेको खेलमा नेपालले तेस्रो विकेट लिन सफल भएको छ । नेपालका बलर सन्दीप लामिछानेले भारतका जितेश शर्माको विकेट लिएका हुन् ।
त्यस्तै नेपालले पहिलो विकेटको रुपमा भारतका कप्तान रुतुराज गायकवाडलाई आउट गरेको थियो । उनलाई दीपेन्द्रसिंह ऐरीले २५ रनमा आउट गरेका हुन्। सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाएका थिए । उनले भारतका तिलक बर्माको विकेट लिएका हुन् ।
अहिले भारतले १४ ओभर र तीन विकेटको क्षतिमा १३३ रन बनाएको छ ।
टेस्ट मान्यता प्राप्त भारत सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ‘ए’ मा मंगोलियालाई विश्वकीर्तिमानी रुपमा २ सय ७३ रनले हराएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै अन्तिम आठको स्थान पक्का गरेको हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया