भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य
काठमाडौं । १९औँ एसियाडअन्तर्गत जारी क्रिकेट खेलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । प्रतियोगिताको क्वार्टरफाइनल खेलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन जोड्यो । भारतका यशस्वी जयसवाल एक्लैले शतकीय इनिङ्स खेले ।
दीपेन्द्रसिंह ऐरीको ओभरमा कप्तान रोहित पौडेलले ऋतुराजको सहज क्याच लिँदै नेपाललाई पहिलो सफलता दिलाए । ऋतुराजले २३ बलमा चार चौकाको सहयोगमा २५ रन बनाए ।
झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा भएको खेलमा नेपालका सोमपाल कामीले दोस्रो सफलता दिलाएका थिए । उनले भारतका तिलक बर्माको विकेट लिएका हुन् ।
त्यस्तै, नेपालका बलर सन्दीप लामिछानेले भारतका जितेश शर्माको विकेट लिँदै नेपाललाई तेस्रो सफलता दिलाए भने भारतले चौथो विकेटको रुपमा यसस्वी जैसवाललाई गुमाएको हो । उनी एक सय रन जोडेर आउट भए। उनलाई नेपालका दीपेन्द्रसिंह ऐरीले आउट गरे।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया