एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित
मोरङ । नेकपा (एमाले) कोशी प्रदेशको अध्यक्षपदमा घनश्याम खतिवडा निर्वाचित भएका छन् ।
एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको आज बिहान सार्वजनिक गरिएको मतपरिणामअनुसार उनले पाँच सय १२ मत प्राप्त गरेका हुन् । उनका प्रतिस्पर्धी एमाले नेता विनोद ढकालले चार सय ३० मत प्राप्त गरेका थिए ।
यस्तै सचिवमा राजकुमार भण्डारी र उपसचिवद्वयमा जलवर्षा राजवंशी र देवान राई निर्वाचित भएका छन् । उपाध्यक्षमा टीकाराम चेम्जोङ यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। अन्य सदस्यको मतगणना जारी रहेको निर्वाचन कमिटीले जनाएको छ ।


प्रतिक्रिया