भारतीय पत्रकारहरुको घरमा प्रहरीको छापा, केही पत्रकार हिरासतमा

काठमाडौं । भारतीय प्रहरीले पत्रकारहरुको घरमा छापा मारेको छ ।
दिल्ली प्रहरीले भारतीय सञ्चार माध्याम न्यूज क्लिक र त्यसमा आवद्ध पत्रकारहरुको घरमा छापा मारेको जनाइएको छ । दिल्ली प्रहरीले मंगलबार बिहानै दिल्ली, नोएडा र गाजियाबादमा एकैसाथ छापा मारिएको थियो ।
प्रहरीले ३० भन्दा बढी स्थानमा छापा मारेको छ । भारतीय सञ्चार माध्याम आजतकका अनुसार न्यूजक्लिकका पत्रकारको ल्यापटप र मोवाइल फोन जफत गर्नुका साथै हार्ड ड्राइभको डाटा समेत लिएको छ ।
प्रहरीले पत्रकार अभिसार शर्माको घरबाट यी उपकरण लिएको जनाइएको छ । आजतकका अनुसार केहि पत्रकारहरुलाई नियन्त्रणमा लिइएको छ । उनिहरुलाई स्पेशल सेलमा लगिएको जनाइएको छ ।
रिपोर्टको हवला दिँदै आजतकले लेखेको छ, ‘हिरासतमा रहेका पत्रकार उर्मिलेश र सत्यम तिवारीका वकिलहरू विशेष कक्षको कार्यालय पुगेका छन् । पत्रकार अभिसार शर्मालाई पनि हिरासतमा राखिएको छ ।’
न्यूज क्लिक पोर्टलमाथि चीनबाट फण्ड लिएको आरोप लाग्दै आएको छ । त्यसविरुद्ध मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको थियो । प्रहरीले आज मारेको छापा पनि पनि सोही घटनासँग सम्बन्धित रहेको बताइएको छ ।
भारतीय जनता पार्टी विजेपीका सांसदहरुले संसदमा नै न्युज क्लिकमाथि चिनियाँ लगानीमा सञ्चालन रहेको आरोप लगाएका थिए भने न्युज क्लिकले नरेन्द्र मोदी नेतृत्वको सरकार र भारतीय जनता पार्टीको आलोचना गर्ने गरेको थियो ।
प्रतिक्रिया