एक्कासि बिरामी परे माओवादी नेता आचार्य, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज डिलाराम आचार्य अचानक अस्वस्थ भएका छन् ।
उनको स्वास्थ्यमा एक्कासी समस्या आएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइँदै गरेको माओवादी नेता षुष्प न्यौपानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अछाम बयलपाटा अस्पताल लगिएको र अस्पतालले काठमाडौंका लागि रिफर गरेको उनले जनाएका छन् ।


प्रतिक्रिया