लगातार घटेको सुनको मूल्य आज बढ्यो, चाँदीको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा नौ दिनदेखि घटेको सुनको मूल्य आज भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा ३०० सयले बढेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९०० कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य आज प्रतितोला १ लाख ६ हजार ४०० पुगेको छ ।
हिजो मंगलबार सुनको मूल्यमा १ हजार ३०० सयले गिरावट आएको थियो । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको कारोबार मूल्य १३ सय १० रुपैयाँ तोकिएकोमा आज पनि सोही मूल्य कायम छ ।
गत साताको आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ थियो । त्यसपछि लगातार घटेको मूल्य आज भने बढेको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया