सर्पले डसेर दिदी–बहिनीको मृत्यु
काठमाडौं । सर्पले डसेर कपिलवस्तुमा दिदी–बहिनीको मृत्यु भएको छ । जिल्लाको बाणगंगा नगरपालिका–९, भलवाड जिनुवाका मोतीलाल क्षेत्रीका दुई छोरी ८ वर्षीया इशिका र ३ वर्षीया रीतिकाको सर्पको डसाइबाट मृत्यु भएको हो ।
एउटै खाटमा सुतेका दिदी–बहिनीलाई मंगलबार राति सर्पले टोकेपछि कपिलवस्तुको गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्र लगिएकोमा केन्द्रले लुम्बिनी प्रादेशिक अस्पताल रेफर गरेको थियो । त्यही उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालले गम्भीर अवस्थामा आइपुगेका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया