सर्पले डसेर दिदी–बहिनीको मृत्यु
काठमाडौं । सर्पले डसेर कपिलवस्तुमा दिदी–बहिनीको मृत्यु भएको छ । जिल्लाको बाणगंगा नगरपालिका–९, भलवाड जिनुवाका मोतीलाल क्षेत्रीका दुई छोरी ८ वर्षीया इशिका र ३ वर्षीया रीतिकाको सर्पको डसाइबाट मृत्यु भएको हो ।
एउटै खाटमा सुतेका दिदी–बहिनीलाई मंगलबार राति सर्पले टोकेपछि कपिलवस्तुको गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्र लगिएकोमा केन्द्रले लुम्बिनी प्रादेशिक अस्पताल रेफर गरेको थियो । त्यही उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालले गम्भीर अवस्थामा आइपुगेका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया