आज पनि बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बढेको मूल्य अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ३०० सय कायम भएको छ भने तेजावी सुनको मूल्य १ लाख ६ हजार ८०० प्रतितोला पुगेको छ ।
हिजो बुधबार सुनको मूल्यमा ३०० सयले वृद्धि भएको थियो । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९०० कायम भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४०० पुगेको थियो ।
आज नेपाली बजारमा चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामै एक सय ८७ ले घटेको हो । आज चाँदी प्रतितोला एघार सय २३ मा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार र बुधबार चाँदीको मूल्य स्थिर हुँदै १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया