बंगलादेशविरुद्ध ९ विकेटको जित निकाल्दै भारत एसियन गेम्स किक्रेटको फाइनलमा
काठमाडौं । १९औँ एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटमा भारत फाइनल प्रवेश गरेको छ।
शुक्रबार बिहान हाङझाउमा भएको बंगलादेशविरुद्धको खेलमा भारतले ९ विकेटको जित निकालेको हो ।
बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर ९६ रनमात्र जोड्न सफल भयो । टस जितेर फिल्डिङ रोजेको भारतले जवाफी ब्याटिङमा उक्त लक्ष्य ९.२ ओभरमै भेट्टाएको हो । भारतले १ विकेट गुमाउँदै ९७ रन बनायो।
भारतका लागि कप्तान रितुराज गायकवाडले ४० र तिलक बर्माले ५५ रन बनाए। यसअघि क्वार्टरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको थियो।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया