आयुष र अलिजेले गरे दुबईमा इन्गेजमेन्ट

काठमाडौं । नेपालका चर्चित टिकटकर आयुषसिंह ठकुरीले पाकिस्तानी टिकटकर अलिजे जमालीसँग इन्गेजमेन्ट गरेका छन् ।
आयुषले शुक्रबार दुबईमा प्रेमिका अलिजेसँग इन्गेजमेन्ट गरेका हुन् । उनिहरु दुबैले इन्गेजमेन्टको जानकारी पनि टिकटकबाटै गराउका छन् ।
भिडियोमा एकअर्काले औंठी लगाइदिएको दृश्य देखिन्छ भने, जमालीका आफन्त पनि समारोहमा उपस्थित भएर नाचगान गरिरहेका छन् ।
आयुष र जमाली टिकटक लाइभबाट जोडिएका हुन् । बुर्काले अनुहार छोपेर लाइभमा आउने जमाली र आयुष केहि समयदेखि प्रेममा थिए ।
अलिजेलाई टिकटकमा १५ लाखले फलो गरेका छन् भने आयुषलाई झण्डै ८ लाखले फलो गरेका छन् ।
प्रतिक्रिया