मावि तृतीय तह शिक्षकको नतिजा सार्वजनिक, क–कसले निकाले नाम ?
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरुको यही असोज १७ र १८ गते अन्तर्वार्ता सञ्चालन गरेको थियो ।
आयोगको नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित र अन्तर्वार्ताको प्राप्ताङ्कको आधारमा नतिजा प्रकाशन गरेको आयोगले जनाएको छ ।
आयोगले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नोपली विषयमा छनोट भएका उम्मेदवारहरुलाई स्थायी नियुक्ति सिफारिसका लागि योग्यता क्रमसहितको नतिजा सार्वजनिक गरेको हो ।
अन्तर्वार्तामा सहभागी भएकाहरुले आयोगको वेबसाइटमा गएर आफ्नो नजिता हेर्न सक्नेछन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया