अफगानिस्तानमा शक्तिशाली भूकम्प: दुई सय जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको हेरात प्रान्तमा गएको शक्तिशाली भूकम्पमा परि कम्तिमा पनि २ सय जनाको ज्यान गएको छ ।
शनिबार राती गएको ६.३ रेक्टर स्केलको भूकम्पमा परि २ सय बढिको ज्यान गएको र हजारौँ घाइते भएका अधिकारीले जानकारी दिएका छन् ।
बीबीसी हिन्दीका अनुसार भूकम्पका कारण भत्किएका भवनको भग्नावशेषमा धेरै मानिस दबिएका छन् । विपद् व्यवस्थापन प्रमुखले एक हजार जना घाइते भएको जानकारी दिएका छन् । धेरै गाउँहरु पूर्ण रुपमा ध्वस्त भएका छन् ।
शक्तिशाली भूकम्पपछि लामो समयसम्म भूकम्पको धक्का महसुस भइरहेको छ । भूकम्पले इरानसँगको सीमा नजिकै रहेको हेरात सहरका भवनमा क्षति पुगेको छ ।
गएको बर्षको जुनमा गएको भूकम्पमा १ हजार भन्दा बढिले ज्यान गुमाएका थिए । राहत तथा उद्धारको काम तीव्र गतिमा भइरहेको पनि अधिकारीले जनाएका छन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया