सुन प्रकरणमा सिआइबीले छोरा राहुलविरुद्ध मुद्दा दायर गर्ने बाबुविरुद्ध नगर्ने
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) ले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराविरूद्ध मुद्दा दायर नगर्ने भएको छ ।
भेप सुन प्रकरणमा मुछिएका महराविरूद्ध सिआइबीले मुद्दा दायर गर्नुनपर्ने निष्कर्ष निकालेको हो । यद्यपि एकै प्रकरणमा संलग्नता देखिएको भनिएका बाबुविरूद्ध मुद्दा दायर नगर्ने निर्णय हुँदा उनका छोरा राहुलविरूद्ध भने सिआइबीले मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको छ ।
आज सिआइबीले सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको प्रतिवेदनमा राहुलसहित दावा छिरिङ र दावाजिन वाङका चालक लोकेन्द्र पौडेलविरूद्ध मुद्दा दायर गर्न सिफारिस गरेको हो ।
गत २९ माघ २०७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ई–सिगरेट(भेप) मा सुन बरामद गरेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया