चलचित्र निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापाविश्रद्ध पक्राउ पुर्जी जारी भएको छ ।
चलचित्र ‘प्रसाद २’का निर्माता सुवास बस्नेत र ज्याक श्रेष्ठले दिएको उजुरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।
उनिहरुले फिल्म आफ्नो मन्जुरीबिना देश तथा विदेशमा प्रदर्शन गरेर करोड ठगि गरेको भन्दै थापाविरुद्ध उजुरी दिएका हुन् । थापासहति फिल्म सम्पादक मिलन श्रेष्ठविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
यहि प्रकरणमा ओएसआर डिजिटलका सञ्चाल ओमप्रकाश अग्रवाल भने शुक्रबार नै पक्राउ परेका छन् । उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
ताजा अपडेट
-
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
-
अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो
-
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
-
यसवर्ष करिब ६० हजार जना डेंगुबाट सङ्क्रमित हुने अनुमान
-
टाटाको ७.७ डिल्स लाइक नेभर विफोर कार्यक्रम, भाग्यशाली विजेतालाई आइफोन १६ उपहार
प्रतिक्रिया