रूपन्देहीमा कार दुर्घटना, चालक सिकिस्त
नरसिंह बडाल, बुटवल । रूपन्देहीमा गएराति कार दुर्घटना हुँदा त्यसका चालक गम्भीर घाइते भएका छन् ।
बुटवल देखी भैरहवा तर्फ जॉदै गरेको बा१०च ५६७६ नम्बरको कार गएराति त्रिलोत्तमा नगरपालिकाको मंगलापुरमा दुर्घटना भएको हो ।
कारमा सवार दुईमध्ये चालक गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले जनाएको छ । दुर्घटनाग्रस्त गाडीबाट चालकलाई निकाल्न साढे दुई घण्टा लागेको थियो । सो क्रममा प्रहरीले ग्रेन्डर नै प्रयोग गरेको थियो ।
तीव्र गतिका कारण कार दुर्घटना भएको प्रहरी अनुमान छ । कारले ठक्कर दिँदा सडक डिभाइडरमा रहेका दुई वटा सडक बत्तीको पोल नै ढलेको छ ।
३भैरहवा)बुटवल सडक खण्ड मंगलापुर मा दुर्घटना हुदाँ चालक गम्भीर घाईते छन । डिभाईडरमा रहेको २ वटा सडक बत्तीको पोल भत्काएर गाडी बल्ल रोकिएको थियो । तिब्र गतिका कारण सो दुर्घटना भएको अनुमान गरिएको छ । डल्लो परेको गाडी भित्रबाट चालकलाई निकाल्न । भिडियो साभार स् प्रेम जिएम को फेसबुक वालबाट
तिलोत्तमा न पा मङ्गलापुरमा हिजो राति १०र११ बजे तिर भएको कार दुर्घटना
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया