तोलामा एक हजारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार एक लाख ७ हजार ६ सय रुपैयाँले खरिद बिक्री भएको छापावाल सुन सोमबार प्रतितोला एक हजार रुपैयाँले बढेर एक लाख ८ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुनको मूल्य एक लाख ८ हजार एक सय रुपैयाँ तोकिएको छ । यस अघि यसको मूल्य एक लाख ७ हजार एक सय तोकिएको थियो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदीको मूल्य भने १५ रुपैयाँले वृद्धि भएको छ ।
आइबार एक हजार ३३० मा कारोबार भएको चाँदी सोमबार एक हजार ३४५ रुपैयाँमा कारोबार हुँदैछ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया