तोलामा एक हजारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार एक लाख ७ हजार ६ सय रुपैयाँले खरिद बिक्री भएको छापावाल सुन सोमबार प्रतितोला एक हजार रुपैयाँले बढेर एक लाख ८ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुनको मूल्य एक लाख ८ हजार एक सय रुपैयाँ तोकिएको छ । यस अघि यसको मूल्य एक लाख ७ हजार एक सय तोकिएको थियो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदीको मूल्य भने १५ रुपैयाँले वृद्धि भएको छ ।
आइबार एक हजार ३३० मा कारोबार भएको चाँदी सोमबार एक हजार ३४५ रुपैयाँमा कारोबार हुँदैछ ।
ताजा अपडेट
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी


प्रतिक्रिया