आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि प्रहरीले बजार्यो लाठी
काठमाडौं । संघीय निजामती विधेयकलाई लिएर आन्दोलन गरिरहेका स्थानीय तहका कर्मचारीमाथि प्रहरीले बल प्रयोग गरेको छ ।
आन्दोलनरत कर्मचारीले निशेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले गरेको लाठी चार्जबाट केही घाइते भएका छन् । कर्मचारीहरुले विधेयक संशोधन गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन् ।
स्थानीय तहमा कार्यरत कर्मचारीहरु लिखित रुपमै आफ्ना प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाउने र विरोधस्वरुप कालो पट्टी बाँधेर काम गरिरहेका छन् । उनीहरुले अत्यावश्यक बाहेक स्थानीय तहबाट कुनै सेवा नदिने जनाउ दिँदै काम ठप्प पारेका हुन् ।
कर्मचारीले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग अघि सारेका छन् । स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समितिमार्फत आन्दोलनमा उत्रिएका हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया