इजरायलमा मारिएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेविसंघले गर्यो दीप प्रज्वलन
काठमाडाैं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले इजरायलको युद्धमा मारिएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेको छ ।
सोमबार साँझ पाटन दरबार स्क्वायरमा नेविसंघले दीप प्रज्वलन गरेको हो । दिप प्रज्वलनमा बिभिन्न प्ले कार्डसहित नेविसंघका नेता कार्यकर्ताहरु उपस्थित भए ।
![]()
त्यसक्रममा नेविसंघका अध्यक्ष दुजाङ शेर्पालगाएत केही केन्द्रीय सदस्यहरु पनि सहभागि भए । दिप प्रज्वलनपछि अध्यक्ष शेर्पाले मृतक विद्यार्थीप्रति श्राद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरे ।
उनले घाइतेहरुको शिघ्र स्वास्थलाभको कामनासहित विश्व शान्तीको कामना गरे । शेर्पाले समस्याको समाधान युद्ध नभई बार्ता छलफल र सहकार्य भएको बताए ।
आजको २१ औ सताब्दिमा पनि युद्ध र नरसंहारमा बिश्वास गर्नु खेदजनक रहेको शेर्पाले बताए । शेर्पाले अध्ययनको शिलशिलामा इजरायलमा रहेका नेपाली विद्यार्थी तथा नेपाली नागरिकहरुलाई संयमता कायम राख्न पनि अनुरोध गरे ।
यस्तै केन्द्रीय सदस्य नारायाण पाण्डेले इजरायलमा रहेका नेपाली विद्यार्थी तथा नेपाली नागरिकहरुलाई संयमता कायम राख्न पनि अनुरोध गरे । उनले समस्याको समाधान युद्ध नभई बार्ता छलफल र सहकार्यका माध्यमबाट अगाडी बढ्नु पर्नेमा जोड दिए ।
हमास आक्रमणमा परी अहिलेसम्म १० जना नेपाली विद्यार्थीहरू मृत्यु भइसकेको सरकारले जनाएको छ । प्यालेस्टाइन समर्थित विद्रोही समूह हमासले शनिबार इजरायलतर्फ मिसाइल आक्रमण गरेको थियो ।
आक्रमणमा परी अहिलेसम्म ८ सयभन्दा बढी इजरायलीहरूको मृत्यु भइसकेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया