सवारी दुर्घटनामा एक युवाको मृत्यु
राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ रञ्जीतपुरमा आज भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको विद्युत् कार्यालय बोदेबर्साइनको प्रदेश २–०१–००१ च ०३३४ नं को बोलेरो गाडीलाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख २६५८ नं को टिपरले पछाडिबाट ठक्कर दिएको थियो ।
सो ठक्करबाट बोलेरोका चालक बोदेबर्साइन नगरपालिका–५ का २६ वर्षीय शिवराज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै बोदेबर्साइन नगरपािलका–१० का ३० वर्षीय शैलेश यादव, ३० वर्षीय महेश चौधरी, वडा नं ५ का २६ वर्षीय बृजेशकुमार यादव, ३० वर्षीय जयशङ्कर साह र सिरहाको लहान नगरपालिका–८ का ३५ वर्षीय अरुणकुमार सिहं घाइते भएका छन् ।
उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया