हमासको आक्रमणमा ज्यान गुमाएका विद्यार्थीको परिवारलाई कर्णाली सरकारले ३ लाख दिने
काठमाडौं । कर्णाली प्रदेश सरकारले इजरायलमा आक्रमणमा परी ज्यान गुमाएका विद्यार्थीका परिवारलाई तीन लाख रूपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले इजरायल आक्रमणमा दिवंगत भएका कर्णालीका विद्यार्थीको परिवारलाई राहत स्वरूप तीन लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।
मन्त्री जिसीका अनुसार प्रदेश सरकारले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना समेत प्रकट गरेको छ ।
गत शनिबार इजरायलमा प्यालेस्टाइनी समूह हमासले गरेको आक्रमणमा परि कर्णालीबाट शारदा नगरपालिका–३, सल्यानका २४ वर्षीय प्रवेश भण्डारीको मृत्यु भएको थियो । भण्डारीसहित अन्य १० जना नेपाली जिद्यार्थीले आक्रमणमा ज्यान गुमाएका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया