नेपाल आइपुगिन् इजरायलमा रहेकी साम्बा
काठमाडौं । नेपाली महिला फुटबल टिमकी खेलाडी सावित्री भण्डारी (साम्बा) इजरायलबाट स्वदेश फर्केंकी छन् ।
व्यावसायिक फुटबल खेल्न इजरायल पुगेकी उनी त्यहाँ युद्ध चर्किएपछि स्वदेश फर्किएकी हुन् ।
साम्बाले बुधबार सामाजिक सञ्जालमा एक पोस्ट् गर्दै आफू सकुशल नेपाल आएको जनाएकी छन् ।
हमास विद्रोहीले हठात् इजरायलमाथि आक्रमण गरेपछि त्यहाँ ठूलो धनजनको क्षति भएको छ । लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत गएका नेपालका १० विद्यार्थीको सोही घटनामा परी मृत्यु भएको छ । युद्ध चर्किने संकेत देखिएपछि स्वदेश फर्कंन चाहने इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज त्यसतर्फ गएको छ । उनीहरूको बिहीबार उद्धार हुने बताइएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया