विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओससँग खेल्दै
काठमाडौं । विश्वकप फुटबलको एसियाली छनोटको पहिलो चरणमा नेपालले आज लाओससँग खेल्दैछ ।
खेल दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । नेपाल लाओसविरुद्ध जितको खोजीमा हुनेछ । कप्तान किरण चेम्जोङले लाओसविरुद्ध खेल्न आफुहरु तयारी अवस्थामा रहेको बताएका छन् ।
बिहीबार दशरथ रंगशालामा भरिभराउ दर्शकको अपेक्षा र आह्वान समेत गरेका छन् । नेपाली टिममा अमृत श्रेष्ठ र सञ्जिव विष्टले पहिलो पटक स्थान बनाएका छन् ।
कप्तान चेम्जोङ सहित रोहित चन्द र मनिष डाँगी राष्ट्रिय टिममा यथावत छन् । नेपालले दोस्रो खेल लाओसको भेन्टियानामा खेल्नेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया