इजरायलको चेतावनी: प्यालेस्टाइनीहरु २४ घण्टाभित्र गाजा सिटी छाड
काठमाडौं । इजरायलले प्यालेस्टाइनी नागरिकहरूलाई गाजा सिटी खाली गराउन चेतावनी जारी गरेको छ ।
इजरायलले २४ घण्टाभित्र त्यो क्षेत्र छाडेर जान चेतावनी दिएको हो । उक्त क्षेत्रमा १० लाखभन्दा बढी मानिस बस्छन् । उनीहरुलाई सो ठाउँ छाड्न र दक्षिणी गाजा जान चेतावनी दिइएपछि संयुक्त राष्ट्रसंघले चेतावनी फिर्ता लिन भनेको छ ।
इजरायलले भने भीषण आक्रमणको योजना बनाइसकेको गाजा सिटीमा आक्रमण गरिछाड्ने अडान लिएको छ । इजरायलले सर्वसाधारणहरू आफ्नो दुस्मन नभएको बताउँदै हमास लडाकुबाट टाढै रहन पनि आग्रह गरेको छ । हमासले सर्वसाधारणलाई मानव ढालको रूपमा प्रयोग गर्न सक्ने सम्भावना भएको इजरायलको भनाइ छ ।
राष्ट्रसंघका अनुसार गाजा सिटी छाड्न इजरायलले थोरै समय दिनु त्यो उनीहरूको जीवनमाथिको खेलवाड हो ।
इजरायल र हमासको युद्धमा झण्डै ३ हजार जनाको मृत्यु भएको छ । हमासको आक्रमणमा इजरायलतर्फ १३ सयले ज्यान गुमाउँदा इजरायलको आक्रमणमा ५०० बालबालिकासहित १५ सय ३७ प्यालेस्टाइनीको ज्यान गएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया