गठबन्धनका तीनचार जना नेताहरुको निर्णयलाई दलको मान्न सकिन्न: महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन दलका तीनचार जना नेताहरुको निर्णयलाई दलको मान्न नसकिने बताएका छन् ।
कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले गठबन्धन चारपाँच जना नेताहरुको प्राइभेट गफ जस्तो भएको उल्लेख गरे ।
महामन्त्री थापाले आसन्न महासमिति बैठकबाट कुनै पनि दलसँग चुनावी गठबन्धन गर्दैन भनेर निर्णय गर्नुपर्ने बताए ।
महामन्त्री थापाले जनताले पनि कांग्रेस, कांग्रेसजस्तो होस् भन्ने चाहेको बताए । ‘माओवादी करण नहोस्, यसलाई रोक्नुपर्छ’ उनले भने, ‘तर कांग्रेसको माओवादीकरण नहोस् भन्दै गर्दा प्रतिक्रियामा आएर कांग्रेसको एमालेकरण पनि नहोस्, कांग्रेसको राप्रपाकरण पनि नहोस् ।’
‘कांग्रेसलाई कहिले एमाले खेलाइदिने, कहिले माओवादीले खेलाइदिने, हुँदा हुँदा कहिले काँही त राप्रपाले पनि खेलाइदिने’ यसलाई सच्याउन जरुरी रहेको महामन्त्री थापाले बताए ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया