गठबन्धनका तीनचार जना नेताहरुको निर्णयलाई दलको मान्न सकिन्न: महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन दलका तीनचार जना नेताहरुको निर्णयलाई दलको मान्न नसकिने बताएका छन् ।
कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले गठबन्धन चारपाँच जना नेताहरुको प्राइभेट गफ जस्तो भएको उल्लेख गरे ।
महामन्त्री थापाले आसन्न महासमिति बैठकबाट कुनै पनि दलसँग चुनावी गठबन्धन गर्दैन भनेर निर्णय गर्नुपर्ने बताए ।
महामन्त्री थापाले जनताले पनि कांग्रेस, कांग्रेसजस्तो होस् भन्ने चाहेको बताए । ‘माओवादी करण नहोस्, यसलाई रोक्नुपर्छ’ उनले भने, ‘तर कांग्रेसको माओवादीकरण नहोस् भन्दै गर्दा प्रतिक्रियामा आएर कांग्रेसको एमालेकरण पनि नहोस्, कांग्रेसको राप्रपाकरण पनि नहोस् ।’
‘कांग्रेसलाई कहिले एमाले खेलाइदिने, कहिले माओवादीले खेलाइदिने, हुँदा हुँदा कहिले काँही त राप्रपाले पनि खेलाइदिने’ यसलाई सच्याउन जरुरी रहेको महामन्त्री थापाले बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया