ओखलढुंगामा जीवित स्रष्टाको शालिक ठडियो

काठमाडौं । नेपालमा ख्यातिप्राप्त व्यक्तिको निधनपछि मात्र सम्मानस्वरूप शालिक निर्माण गरिन्छ । राजा–महाराजा, कलाकार, संगीतकार, राजनीतिज्ञ, खेलाडी, साहित्यकार, शहीदलगायत धेरै विधामा राज्यलाई योगदान पु¥याउने व्यक्तिको सम्मानस्वरूप सरकारकै आर्थिक सहयोगमा पूर्ण वा अर्ध कदका शालिक बनाउनु कुनै नौलो विषय होइन ।
परिवारका आफ्ना प्रियजन गुमाउँदा उनको स्मृतिमा शालिक वा स्मृति स्तम्भ बनाउने चलन पनि रहिआएको छ । नेपालमा यसअघि जिउँदो छँदै कुनै व्यक्तिको शालिक बनाएको थाहा थिएन । तर पूर्वी जिल्ला ओखलढुंगामा जिउँदो व्यक्तिको शालिक ठड्याइएको छ ।
सदरमुकाम ओखलढुंगामा दिगम्वत भएका चर्चित कलाकार र साहित्यकारको शालिकको लहरमा नेपालको राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (ब्याकुल माइला)को अर्धकदको शालिक बनाइएको छ । ब्याकुल माइला गणतन्त्र प्राप्तिपछिको नयाँ राष्ट्रिय गान ‘सयौं थुँगा फूलका हामी…’का रचनाकार हुन् ।
सिद्धिचरण नगरपालिका–१२ मा रहेको शालिकमा युगकवि स्व. सिद्धिचरण श्रेष्ठ, प्रथम गायिका स्व. मेलवा देवी, चर्चित लोक भाकाका गायक स्व. पाण्डव सुनवारसँगै स्रष्टा राईको शालिक निर्माण गरिएको छ ।
उक्त शालिक नगरपालिकाको आर्थिक सहयोगमा नभएर सांसद विकास कोषबाट बनेको हुनसक्ने वडा नम्बर ११ का अध्यक्ष विनोदकुमार केसीले जानकारी दिए । उनका अनुसार युग कवि श्रेष्ठको पहिल्यै शालिक बनेको भए पनि पछि अरुको थपिएको बताए ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया