विश्वासको मत लिने विषयमा मुख्यमन्त्री कार्कीले एमालेसँग छलफल गर्दै
काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तत्काल विश्वासको मत लिनका लागि तयारी थालेका छन् ।
शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले पर्सी बुधबार नै प्रदेशसभाबाट विश्वासको मत लिनका लागि नेकपा एमालेसँग छलफल गर्ने भएका हुन् ।
एमालेको समर्थनमा कांग्रेसबाट विद्रोह गर्दै मुख्यमन्त्री बनेका कार्कीले एमालेसँग आज छलफल गर्न लागेका हुन् । दशैँअघि नै विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री कार्कीको तयारी छ ।
कार्कीलाई कांग्रेसबाट बिद्रोह गरेका ८ र एमालेका ३९ जनाले समर्थन गरेका हुन् । सरकार गठनका लागि प्रदेशसभामा चाहिने संख्या ४७ हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया