देउवाले किन बोलाए उपसभापति र महामन्त्रीलाई आफ्नो निवास?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति र महामन्त्रीलाई छलफलका लागि बोलाएका छन् ।
कोशी प्रदेशमा नेता डा. शेखर कोइरालाले गरेको विद्रोहका बारेमा छलफल गर्न सभापति देउवाले उपसभापति र महामन्त्रीहरुलाई ४ बजे धुम्बाराहीस्थित निवासमा बोलाएका हुन् ।
उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि जानेछन् । उपसभापति गुरुङ भने इण्डोनेसिया भ्रमणमा रहेकाले आज अनुपस्थित रहनेछन् ।
छलफलका क्रममा गत शनिबार कोशी प्रदेशमा भएको विद्रोह र त्यसले निम्त्याउने सक्ने संभावित परिदृश्यका बारेमा छलफल हुने बताइएको छ ।
कोशी प्रदेशमा शनिबार पार्टीको आधिकारीक निर्णय विरूद्ध नेता शेखर कोइराला पक्षले विद्रोह गरेर केदार कार्कीलाई मुख्यमन्त्री बनाएका थिए ।
उनी नेकपा एमालेसँग मिलेर मुख्यमन्त्री बनेपछि पार्टीमा विवाद सुरू भएको थियो । कांग्रेसले आधिकारीक रुपमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।
कार्की मुख्यमन्त्री बनेपछि उद्धव थापा संसदीय दलको नेता र हिमाल कार्कीले उपनेताबाट राजीनामा दिएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया