नीति बहसः हाम्रा सडक यात्रा कत्तिको सुरक्षित ?

काठमाडौं । हाम्रा सडक यात्रा कत्तिको सुरक्षित छन् ? नेपालवाचको नियमित भिडियो प्रस्तुती पोलिसी डायलगको यसपटकको श्रृंखलामा सडक सुरक्षाका लागि बनेका नीति र कार्यान्वयनमा भएका चुनौती र अवसरबारे छलफल गरिएको छ ।
कार्यक्रम प्रस्तोता तथा राष्ट्रियसभा सदस्य डा बिमला राई पौड्यालले उपत्यका ट्राफिक कार्यालयका प्रमुख डिआइजी पोषराज पोखरेल र सडक पूर्वाधार तथा यातायात विज्ञ भगवती सेढाईंसँग संंवाद गरेकी छिन् ।
डिआइजी पोखरेलले सडकलाई चाहिने पूर्वाधार तयार नभइ सवारी चलाउने, सवारी चालक अनुमतिपत्रमै त्रुटी भएको विषय उक्त कार्यक्रममा औंल्याएका छन् । सडक प्रयोगकर्ता सबैजना सचेत नभएका कारण पनि दुर्घटटना बढिरहेको उनले बताए ।
सडक तथा यातायात विज्ञ सेढाईंका अनुसार नेपालको सन्दर्भमा १५ देखि २९ वर्षका उमेर समूहमा सडक दुर्घटना मृत्युको पहिलो कारण हो । विगत दश वर्षको तुलनामा बढ्दो सडक सञ्जालसँगै दुर्घटना पनि बढेकै छ । नेपालका सडक सुरक्षालाई लिएर २४/२५ वटा प्रतिवेदन तयार भएका छन् । तर कार्यान्वयन नै फितालो भएको सेढाईंको गुनासो छ।
अर्कोतर्फ बनेका नीति कार्यान्वयन हुँदा ट्राफिक प्रहरीलाई पनि काम गर्न सहज हुने विषय पोखरेलले प्रस्तुत गरे । उदाहरणका लागि कुन सडकमा कस्ता सवारी साधन चलाउने, त्यसको वजन, त्यसअनुसारको सडक निर्माण भए/नभएको विषय नीति, अडिटले निर्धारण गर्नुपर्ने हो । तर अहिलेसम्म अडिट भएको छैन ।
सडक सुरक्षालाई कसरी प्रभावकारी बनाउने र दुर्घटना न्यूनिकरण गर्ने भन्ने विषयमा केन्द्रित यो बहसको पूरा भिडियो तलको लिंकमा हेर्नुहोस् ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया