जापानमा विद्यार्थी बोकेको बससँग ट्रक ठोक्किँदा १८ घाइते

एजेन्सी । पश्चिम जापानमा विद्यार्थी बोकेको बससँग ट्रक ठोक्किँदा १८ जना घाइते भएका छन् ।
जापानको नारा प्रिफेक्चरमा बुधबार प्राथमिक तहका विद्यार्थी बोकेको बस र ट्रक ठोक्किँदा बालबालिका सामान्य घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।
प्रहरीका अनुसार ३४ जना बालबालिका बाेकेको बस काशिहराको राष्ट्रिय राजमार्ग चोकमा स्थानीय सम अनुसार बिहान ८ः५५मा ठोक्किएको थियो ।
तिनीहरूमध्ये १८ जनालाई शारीरिक पीडा भए पनि सामान्य चोटपटक भएकाले ज्यान जोखिममा नरहेको स्थानीय दमकल विभागले जनाएको छ । बसमा भएका शिक्षक, चालक तथा सहचालक स्वस्थ रहेको बताइएको छ । दुर्घटनाको अनुसन्धान भइरहेको काशिहरा प्रहरी चौकीले बताएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल शुरु
-
सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु
-
सुजित घिमिरे र देवी घर्तीको स्वरमा ‘सिसा झ्यालैमा’ गीत सार्वजनिक (भिडियाेसहित)
-
सङ्घीय सरकारबाट प्रदेशलाई जाने बजेटः कर्णालीलाई सबैभन्दा बढी, गण्डकीलाई कम
-
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए
प्रतिक्रिया