पशुपति धर्मशाला बतासलाई दिने सम्झौता रद्द गरिँदै
काठमाडौं । तीर्थालुका लागि भारतले बनाइदिएको पशुपति धर्मशालालाई अधिकारप्राप्त निकायको स्वीकृतिविना लिजमा लिएर महँगो होटेल चलाएको बतास अर्गनाइजेसनसँगको सम्झौता आइतबार रद्द गर्ने तयारी गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषका पदाधिकारी बिहीबार नै सम्झौता रद्दको पत्र लिएर कार्यालय समयको अन्तिम घडीमा धर्मशाला पुगे पनि बतासका कर्मचारीले बुझ्न नमानेपछि होटेल सिल गर्ने समय लम्बिएको हो ।
शुक्रबार घोडेजात्राका कारण सार्वजनिक बिदा परेको र शनिबार कार्यालय बन्द हुने भएकाले अब आइतबार कारबाही प्रक्रिया अघि बढाउने कोषको तयारी छ । कोषका सदस्यसचिव मिलनकुमार थापाले धर्मशालामा होटेल आनन्द सञ्चालन गरिरहेको बताससँग चाँडै नै सम्झौता रद्द हुने बताए । ‘केही प्राविधिक विषय बाँकी छन्,’ उनले भने, ‘चाँडै नै सम्झौता रद्द प्रक्रिया अघि बढ्छ ।’
अब कोषले सम्झौता रद्दको पत्र कार्यालय समयमा पुनः बुझाउने प्रयास गर्नेछ । कारबाहीको पत्र नबुझे ‘घर–ठेगानामा सूचना टाँस गर्ने वा फेला नपरे सार्वजनिक सूचना जारी गर्ने’ व्यवस्था छ ।
सार्वजनिक सूचना जारी गर्दा पनि सफाइ पेस नगरे कोषलाई सिल गर्ने बाटो खुल्नेछ, नयाँ पत्रिकामा खबर छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया