सवारीसाधनको ठक्करबाट शिक्षकको मृत्यु
झापा । पिकअप भ्यानको ठक्करबाट झापामा एक शिक्षकको ज्यान गएको छ ।
झापाको दुर्गा मावि, गरामनीमा कार्यरत शिक्षक कृष्णप्रसाद निरौलाको शनिबार बिहान ठक्करबाट मृत्यु भएको हो ।
मर्निङवाकमा निस्किएका निरौलालाई पुष्पलाल चोकनजिकै प्र १–०१–००१ च ५१०७ नम्बरको भ्यानले ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया