विमानस्थलभित्रका पसलमाथि छानबिन गर्न समिति गठन
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा रहेका देशभरका विमानस्थलका पसलमाथि छानबिन गर्ने भएको छ ।
हवाई यात्रुहरूले यी पसल/कबलहरूमा विक्री हुने वस्तु तथा सेवाबारे गुनासो गरेपछि प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अध्ययन समिति गठन गरेका हुन् ।
नेपालभरका विमानस्थलमा सञ्चालित पसलमा विक्री गरिने वस्तु तथा सेवालाई थप व्यवस्थित गर्न भन्दै प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाको संयोजकत्वमा समिति गठन भएको हो ।
उक्त ९ सदस्यीय समितिलाई १५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने गरी कार्यादेश दिइएको छ । हालैमात्र मन्त्री किरातीले विमानस्थलका पसलको अनुगमन गरेका थिए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया