त्रिकोणात्मक टी–२० आई सिरिजः फाइनलमा युएईसँग टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको फाइन आज हुँदैछ ।
सिरिजको उपाधिका लागि आज घरेलु टोली नेपाल र युएईबीच खेल हुन लागेको हो । खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
फाइनल खेलमा नेपालले टस हारेको छ। युएईका कप्तान मोहम्मद वासिमले जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन् ।
सिरिजमा नेपाल र युएई शीर्ष दुईमा रहँदै फाइनल पुगेका हुन् । डबल राउण्ड रोविनका आधारमा भएको सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो ।
बुधबार हङकङसँग पराजित भएको यूएई नेटरन रेटका आधारमा फाइनल प्रवेश गरेको हो । हङकङले यूएईलाई ६९ रनले पराजित गरेको थियो ।
नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ६ विकेटले हराएको थियो । यस्तै हङकङलाई पहिलो खेलमा ६ विकेटले र दोस्रो खेलमा ७९ रनले हराएको थियो ।
टी–२० आईमा नेपाल र यूएईबीच अहिलेसम्म कुल ७ खेल भएका छन् । जसमा नेपालले ४ खेल जित्दा यूएई तीन खेलमा विजयी भएको छ ।
ताजा अपडेट
-
‘२०८३ मंसिर अघि महाधिवेशन हुन्छ’-गगन थापा
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
प्रतिक्रिया