त्रिकोणात्मक टी–२० आई सिरिजः भुर्तेल चम्किँदा शेख र मल्ल दोहोरो रन नबनाएरै आउट
काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपालले शानदार सुरुवात गरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा घरेलु टोली नेपालले ६ ओभरको खेल चलिरहँदा ६२ रन बनाएको छ ।
आजको खेलमा ओपनर कुशल भुर्तेल चम्केका छन् । उनले २४ बलमा ४८ रन बनाएका छन् ।
तर नेपालका ओपनर आशिफ शेख भने ७ रनमा आउट भएका छन् । ११ बल खेलेका उनले ७ रन बनाउँदै बोल्ड आउट भएका हुन् । उनलाई युएइका आयान इफजल खानले आउट गराएका हुन् ।
ओपनर शेख आउट भएपछि क्रिजमा आएका कुशल मल्ल पनि आउट भए । उनले २ बल खेल्दै एक रन मात्रै बनाएर आउट भए । उनलाई पनि आयान इफजल खानले आउट गरेका हुन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया