२१ गतेदेखि एफपीओ निष्कासन गर्दै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यही कातिक २१ गतेबाट एफपिओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड ७८ लाख ४५ हजार ४५१ रुपैयाँको १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्कासन गर्न लागेको छ ।
उक्त एफपीओमा कातिक २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा मंसिर ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको । एफपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
एफपीओमा आवेदन सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत दिन सकिने छ ।
एफपिओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
ताजा अपडेट
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी


प्रतिक्रिया