अपराजित भारतसँग भिड्दै साबिक विजेता इङ्गल्यान्ड

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा आज घरेलु टोली भारत र साबिक विजेता इङ्गल्यान्डबिच खेल हुने भएको छ ।
खेल लखनउस्थित एकाना क्रिकेट स्टेडियममा नेपाली समयअनुसार, दिउँसो सवा २ बजेबाट सुरु हुनेछ । जारी विश्व कपमा भारत ५ खेलमा अपराजित छ ।
इङ्गल्यान्डले खेलेका पाँचमध्ये चारमा हार बेहोरेको छ । जारी विश्वकपमा हालसम्म भारत एक मात्र अपराजित राष्ट्र पनि हो । हालसम्म इङ्गल्यान्ड र भारतबिच एक सय ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ ।
त्यसमध्ये ५७ खेलमा भारत र ४४ खेलमा इङ्गल्यान्डले सफलता हात पारेका छन् । यी दुई राष्ट्रबिचको तीन खेल अनिर्णीत रूपमा र दुई खेल बराबरीमा सकिएका छन् ।
आफ्नो घरेलु मैदानमा खेलिएको ३३ खेलमा भारतले इङ्गल्यान्डलाई हराएको छ । इङ्गल्यान्डले भने आफ्नो घरेलु मैदानमा खेलिएको २३ खेलमा भारतलाई हराएको छ ।
इङ्गल्यान्डको मैदानमा भारतले १८ र भारतको मैदानमा इङ्गल्यान्डले १७ खेल जितेका छन् ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया