तीन महिनामा तीन खर्ब ६६ अर्ब व्यापार घाटा, निर्यात घट्यो
काठमाडाैं । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती तीन महिनामा वैदेशिक व्यापार बढेको छ । साउनदेखि असोजसम्ममा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रूपैयाँ बराबरको वस्तु आयात भएको छ । असोजसम्ममा वैदेशिक व्यापार १.३१ प्रतिशतले बढेकोको छ । सोही अवधिसम्ममा ४ खर्ब ४८ अर्ब ६३ करोड रूपैयाँ बराबर वैदेशिक व्यापार भएको हो ।
असोजसम्ममा उक्त मूल्य बराबरको वस्तु आयात हुँदा सरकारले १ खर्ब ९ अर्ब २४ करोड ९१ लाख रूपैयाँ बराबर राजश्व संकलन गरेको छ ।
तीन महिनाको अवधिमा वस्तु निर्यात भने घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार असोजसम्ममा ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रूपैयाँको वस्तु निर्यात गरेको छ । जुन गत आर्थिक वर्षको असोजमसान्तसम्मको तुलनामा २.२६ प्रतिशतले कमी हो ।
नेपालले असोज मसान्तसम्ममा ३ खर्ब ६६ अर्ब ८८ करोड ४० लाख रूपैयाँ बराबर व्यापारघाटा व्यहोरेको छ ।
नेपालले २ खर्ब २४ अर्ब ३६ करोड १३ लाख रूपैयाँ बराबर व्यापार घाटा व्यहोरको छ । त्यस्तै, चीनसँग नेपालको व्यापारघाटा ७९ अर्ब ८ करोड ८१ लाख बराबर रहेको छ ।
१७ अर्बको पेट्रोल आयात
भन्सार विभागका अनुसार असोजसम्ममा देशले १७ अर्ब १० करोड ८७ लाख रूपैयाँ पेट्रोल आयातमा खर्च गरेको छ । त्यस्तै २९ अर्ब ९२ करोडको डिजेल नेपाल भित्रिएको छ ।
ताजा अपडेट
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी


प्रतिक्रिया