दशैंपछिको पहिलो कारोबार दिन दोहोरो अंकले घट्यो नेप्से
काठमाडौं । एक सातापछि खुलेको सेयर बजारमा गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काअनसार आइतबार नेप्से परिसूचक २९ दशमलव १८ अंकले घटेर एक हजार आठ सय ७५ दशमलव ६५ को विन्दुमा कायम भएको हो ।
आज दुई सय ८३ कम्पनीको ३४ हजार ९० पटक कारोबारमा २७ लाख १२ हजार १२३ कित्ता सेयर खरिदबिक्री हुँदा ७४ करोड २९ लाख २५ हजार ३९२ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी व्यापार समूह उपसूचक २.६८ प्रतिशतले घटेको छ । यसबाहेक अन्य उपसमूहरूमा बैंकिङ १.३९, विकास बैंक १.५१,वित्त १.४२, होटल तथा पर्यटन २.६३, जलविद्युत १.४६, लगानी १.६२, जीवन बीमा १.९७, उत्पादन १.१४ प्रतिशतले घटेको छ । त्यस्तै माइक्रोफाइनान्स ०.९६ र अन्य ०.९७ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताले ८.९९ प्रतिशतका दरले कमाएका छन् भने सोनापुर मिनरल्स एण्ड वयल लिमिटेडका लगानीकर्ताले सबभन्दा धेरै गुमाएका छन् ।
कारोबार रकमको आधारमा आइतबार नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४ करोड ८ लाख ५६ हजार रूपैयाँको कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको २ करोड ४७ लाख २७ हजार, सिटिजन्स लाइफ इन्स्योरेन्स २ करोड ३० लाख ४ हजार, नबिल बैंक २ करोड १७ लाख ३७ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया