सन्दीपको बलमा नेपाललाई पाँचौँ सफलता
काठमाडौं । आइसिसी टी-२० विश्वकप अन्तर्गत एसिया छनोटमा कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र सिंगापुरबीच खेल जारी छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले पाँच विकेट गुमाइसकेको छ । सन्दीप लामिछानेको बलमा सिंगापुरले पाँचौँ विकेटको रुपमा जनक प्रकाशलाई गुमाएको हो ।
नेपालका लागि गुल्सन झाले ८ ओभरमा २ विकेट लिएका छन्। उनले रोहन रंगराजनलाई ४६ रनमा सन्दीप जोराबाट क्याच गराए। चार बलपछि उनले अमार्त्य कौललाई शून्यमा आउट गरे।
नेपालका लागि दोस्रो विकेट सन्दीप लामिछानेले लिए। सन्दीपले छैटौं ओभरको पाँचौ बलमा सिंगापुरका सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनमा बोल्ड गरेका छन्।
यसअघि सिंगापुरका कप्तान अरित्रा दत्तलाई नेपालका करण केसीले दोस्रो बलमै बोल्ड गरे। पाँच विकेट र १२ ओभर ३ बलमा सिंगापुरले अहिले ८५ रन बनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया