दीपेन्द्रसिंह ऐरीलाई चोट, विश्वकप छनोटका बाँकी खेल गुमाउने
काठमाडौं । नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी चोटका कारण केही दिन मैदान बाहिर हुने भएका छन् ।
टी २० विश्वकप क्वालिफायरको पहिलो म्याचमा सिंगापुरविरुद्धको टसपछि मैदानमा अभ्यास गर्ने क्रममा उनलाई गोलीगाँठामा चोट लागेपछि दिपेन्द्रले आजको खेल पनि गुमाएका थिए ।
क्यान स्रोतका अनुसार उनको बाँया खुट्टाको एंकलको लिगामेन्ट च्यातिएको छ । अभ्यास क्रममा उनको बायाँ खुट्टाको एंकलमा चोट लागेपछि उनलाई मेडिसिटी अस्पताल लगिएको थियो ।
सोमबार दीपेन्द्रको स्थानमा विवेक यादवलाई खेलाइएको थियो । पछिल्लो समय उत्कृष्ट लयमा रहेका दीपेन्द्र घाइते भएसँगै नेपाली ब्याटिङ लाइनअपमा असर गर्ने देखिएको छ ।
अस्पतालमा स्वास्थ्य परीक्षणको रिपोर्ट अनुसमर डाक्टरहरुले उनलाई केही दिन आराम गर्न सुझाव दिएका छन् । स्वास्थ्य परिक्षणपछि उनी वैशाखी टेकेर अस्पतालबाट टीयु ग्राउन्ड आएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया